काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भनिन्छ, यो वर्षको श्रीकृष्ण जन्माष्टमीमा द्वापर युगको जस्तो संयोग बनेको छ ।
श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमी तिथिको रोहिणी नक्षत्र तथा वृष राशिमा मध्य रातमा भएको थियो । यो वर्षको जन्माष्टमीमा ठिक त्यस्तै संयोग बनेको छ । यो वर्ष जन्माष्टमी आज सोमबार, १४ भदौका दिन मनाइँदैछ ।
यसैबीच हामीले आजको पावन दिन भगवान कृष्णका श्रद्धालुहरुले गर्न नहुने गल्तिहरु संकलन गरेका छौं । श्रीकृष्ण जन्माष्टमीको दिनलाई अति नै शुभ मानिन्छ ।
यो दिन भक्तहरुको सम्पूर्ण मनोकामनाहरु पुरा हुन्छन् भन्ने मान्यता पनि छ ।
यद्यपि, आजको दिन केही विषेक कुराहरुमा ध्यान दिनु अनिवार्य छ र केही नियमहरु कडाइका साथ पालना गर्नु पर्छ ।
भगवान श्री हरिको ढाडको दर्शन गर्नु हुँदैन, किनभने हाम्रो पूण्य कार्यको प्रभाव कम हुन्छ र अधर्म बढ्छ भन्ने मान्यता छ । अर्थात, कृष्णको ढाड हेर्नाले मानिसको पूण्य कम हुन्छ । यसका पछाडि एउटा पौराणिक कथा पनि छ । भगवान कृष्णलाई सधैं अनुहारतर्फबाटै दर्शन गर्नु पर्छ ।
जो आज व्रत बस्छन्, उनीहरुले राति १२ बजे भन्दाअघि आफ्नो व्रत खोल्नु हुँदैन । निर्धारित समयभन्दा पहिला व्रत खोल्नाले तपाईंको उपासना अधूरो हुन्छ र मानिसले त्यसको फल पाउँदैन ।
जन्माष्टमीको दिन बिर्सेर पनि तुलसीको पात टिप्नु हुँदैन । भगवान विष्णुलाई श्रीकृष्णको अवतार मानिन्छ । एउटा मान्यता अनुसार तुलसी भगवान विष्णुलाई अत्यन्त प्रिय छ । त्यसैले आजको दिन तुलसीको पात टिप्नु शुभ मानिंदैन ।
जो व्यक्ति जन्माष्टमीका दिन व्रत बस्दैनन्, उनीहरुले पनि सकेसम्म भात खानु हुँदैन । एकादशी तथा जन्माष्टमीको दिन भात तथा जौबाट बनेका खानेकुरा खानबाट बच्नु पर्ने मान्यता छ ।
भगवान कृष्णको जन्मोत्सवमा लसुन, प्याज अथवा अन्य कुनै पनि तामसिक भोजन गर्नु हुँदैन ।
आजको दिन घरमा मासु तथा मदिरा ल्याउनु हुँदैन ।
आजको दिन बिर्सेर पनि गाईमाथि अत्याचार गर्नु हुँदैन । भगवान कृष्णलाई गाईसंग विशेष प्रेम थियो ।
कृष्ण बाल्यकालमा गाईहरुसंगै खेल्दथे । भनिन्छ, जसले गाईको पूजा गर्छ, उसले श्रीकृष्णको आशीर्वाद अवश्य पाउने छ ।
श्रीकृष्ण जन्माष्टमीका दिन बिर्सेर पनि कसैलाई अनादर गर्न हुँदैन । भगवान कृष्णका लागि धनी अथवा गवि सबै भक्त एक समान छन् । कुनै पनि गरिवलाई अपमान गर्नाले श्रीकृष्ण अप्रसन्न हुन सक्छन् ।
जन्माष्टमीको दिन रुख काट्नु पनि अशुभ मानिन्छ । श्रीकृष्ण हरेक चीजमा बसेका हुन्छन् र हरेक चीज उनमा बस्छन् । सम्भव भयो भने आजको दिन धेरै भन्दा धेरै वृक्षारोपण गर्नु पर्छ । यसले घर तथा परिवारमा सुख र शान्ति कायम रहन्छ ।जन्माष्टमीका दिन ब्रम्हाचर्यको पालना गर्नु अनिवार्य हुन्छ । यो दिन पुरै पवित्र तन–मनले भगवानको पूजा गर्नु पर्छ ।