कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरीका अन्दाजी २० वर्षीय सुदर्शन भारतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
भारतीको साथबाट १४.६७ ग्राम खैरो हिरोइन, ८.५० ग्राम चरेश, मोबाइल ३ थान र १ लाख ४१ हजार २ सय ५० बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। पक्राउ परेका भारतीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।