कैलाली प्रहरीले काठ चिरिरहेको अवस्थामा दुई जना पक्राउ गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका – ७ संगम सामुदायिक वनको बडिआममा अवैध रूपमा काठ चिर्ने इलामको फागुनन्दा गाउँपालिका –७ का विक्रम लिम्बु र अर्जुन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
सालको काठ चिरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूको साथबाट काठ चिर्ने मेसिन एक थान, ३.४ को सात फुटको कडी १ सय १९ थान, १० फुटको कडी ३१ थान, ७ फुटको पट्रा ३६ थान र २.४ इन्चको कडी ६ थान पनि बरामद गरिएको छ ।उनीहरूबाट बरामद गरिएको मेसिन र काठ सहित दुवै जनालाई आवश्यक कारबाहीका लागी संगम सामुदायिक वनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
[wpna hide=’wp’]
Ktm Dainik ले भिडिओहरू उत्पादन गरेर युट्युवमा पनि राख्ने गरेको छ । यदि तपाईहरूले Ktm Dainik को युट्युव च्यानल Subscribe गर्नुभएको छैन भने । उक्त च्यानल Subscribe गरेर हामीलाई थप भिडिओहरू उत्पादन गर्नको लागि हौसला दिनुहोस् ।
यहाँ हामीले गाईपालक किसानको एक भिडिओ राखेका छौं । भिडिओमा प्रतिक्रिया पनि दिनुहोला है त ।
[/wpna]