कैलाली र कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ ।
दुवै जिल्लाहरूमा कोरोना सङ्क्रमण दर कायमै रहेको भन्दै प्रशासनहरूले भदौ १० गतेसम्मलाई निरन्तरता दिएका हुन् । सोमवार दुवै जिल्लामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात् भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन् ।
यस अघि दुवै जिल्लामा जारी गरेको निषेधाज्ञा सोमवार राती १२ बजे सकिँदै छ ।