कञ्चनपुर प्रहरीले भन्सार छली गरेर ल्याएको १५ क्विन्टल चिनीसहित जिप नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ आउँदै गरेको से १ च २२०० नम्बरको जिप १५ क्विन्टल अवैध चिनी बोकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले एक लाख २० हजार रुपैयाँ बराबरको चिनी र पाँच लाख मूल्य पर्ने जिपसहित चालकलाई पनि नियन्त्रणमा लिइएको केटिएम दैनिकलाई बताए । चिनी, जिप र चालकलाई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।