कञ्चनपुरको गौरीफन्टा नाकाबाट नगद ६ लाख बढी रकम सहित एक जना पक्राउ परेका छ्न्।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारले ६ लाख एक हजार ५ सय रकम सहित एक जना लाई पक्राउ गरेको हो।
भारतबाट नेपाल आउने ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा भारतको साहजहाँपुर मोहल्लाका ४१ वर्षीय रजिनिस कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको ६ लाख १ हजार ५ सय रुपैँया बरामद गरिएको हो। आवश्यक कानूनी कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।