काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ ।
आज बिहान २ बजेदेखि आगालागी अहिले नियन्त्रण भइसकेको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट पानी हालेर निभाइएको थियो । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
आगोलागि नियन्त्रण कसरी गरियो हेर्नुस फोटोफिचर