देशभर आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइदै छ ।
गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ देखि २८ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज “बुस्टर” खोप दिन थालिएको हो ।
स्वास्थ्य सेवा विभागले सातै वटा प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई दोस्रो खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
काठमाडौंका विभिन्न स्थानमा भेरोसेलको दोस्रो डोज लगाउँदै गरेका केही तस्विरहरू केटिएम दैनिकका फोटो पत्रकारहरूले कैद गरेका छन् । हेरौं तस्विरहरू