नेकपा वैध समर्थित अखिल क्रान्तिकारीले आज भारतीय दूतावास लैनचौर अगाडी प्रदर्शन गरेको छ ।
केहीदिन अगाडि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक जवानले तुईनको डोरी काटिँदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको सत्यतथ्य अनुसन्धान हुनुपर्ने माग गर्दै उक्त समूहले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा केही बालबालिकाहरू समेत सहभागी गराइएको पाइएको छ ।
यही साउन १५ गते बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका-२, मालघाटबाट सोही स्थान निवासी ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङगा जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
यस विषयमा गृहमन्त्रालयले छानविन समित गठन गरिसकेको छ । भारतीय पक्षले भने तुइन काटेको अस्विकार गर्दै आइरहेको छ ।
हेरौं तस्विरहरू