पुर्व युवराज पारश शाहलाइ हिजो साँझ प्रहरी ले दुव्र्यवहार गरेको भन्दै राजाबादी समुहले आज काठमाडौको महाराजगन्जमा प्रदर्शन गरेको छ ।
युवराजलाइ इज्जत दे, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबाद जस्ता नारा लगाउदै प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए ।
प्रदर्शनको कारण केही बेर सडक अबरुद्ध समेत भएको थियो । हिजो साँझ महराजगन्जमा हेलमेट नलगाइकन मोटरसाइकल कुदाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात गरेका थिए ।
तस्विरहरू