कैलालीमा नदीमा नुहाउने क्रममा २ बालबालिकाको मृत्यु भएको छ।
जिल्लाको भजनी नगरपालिका–९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको हो । भने एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार मृत्यु हुनेमा धनबहादुर सिंहकी नौ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरी छन्। ६ वर्षीया अनु सिंहको खोजी भइरहेको विष्टले केटिएम दैनिकलाई बताए।घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर उक्त घटना भएको उनले बताए।