धनगढी उपमहानगरपालिकामा साउन १३ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
खोप लगाउनका लागि बिहानै देखि धनगढीको कभर्ड हलमा घुइँचो लाग्ने गरेको छ । १३ गते देखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको हो।
उपमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइने जानकारी दिएको छ।
उक्त खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा खोप केन्द्र तोकेको छ।
तस्बिरहरू