बैतडीको पाटन नगरपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आफूहरूलाई न्यून ज्याला दिएको भन्दै कामदाहरुले तालाबन्दी गरेका हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ सय १७ रुपैयाँका दरले ज्याला पाउनुपर्ने भएपनि आफूहरूलाई प्रतिव्यक्ति ६४ रुपैयाँका दरले मात्रै ज्याला दिएको कामदारहरूले बताएका छन्। १९ लाखको योजनामा काम कम भएको भन्दै नगरपालिकाबाट २ लाख मात्रै निकासा भएको छ।
वडाअध्यक्ष पृथ्वीराज पन्तले कामको मूल्याकंनका लागि नगरपालिकाको रोजगार शाखामा पटक–पटक आग्रह गरेको भएपनि नगरपालिकाबाट प्राविधिक नआएको बताए।