दार्चुलाको महाकाली नगरपालिका–५ गल्फै स्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
मङ्गलवार मध्यान्ह १२ बजेतिर अन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले केटिएम दैनिकलाई बताए ।
गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो ।शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए । शवको पहिचान खुलेको छैन । शव महाकाली नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।