पो र्न भिडियो प्रकरणमा फसेका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा लगातार समस्यामा फस्दै गइरहेका छन् ।
मुम्बई क्राइम ब्रान्चले उनी विरुद्ध धेरै प्रमाणहरु फेला पारेको छ । २३ जुलाईसम्म उनी प्रहरी हिरासतमै रहनेछन् ।
धेरै मानिसहरुले उनीमाथि गम्भिर आरोपहरु लगाइरहेका छन् । भर्खरै मात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् ।
उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए । यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत फ्यानहरुलाई सोधेकी छिन्, ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ?
जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेरु हैरान भएको छ ।’ पुनितले अर्को इन्स्टा स्टोरीमा लेखेकी छिन्,‘यी मानिसहरुले अरुलाई फसाइरहेका थिए ।
युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पा’म हो भन्ने लागेको थियो। भगवान्, यो मानिस जेलमै सडोस्।’
मंगलबार मुम्बई पुलिसले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रलाई पो र्नो ग्राफी भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरोपमा पक्रा उ गरेको छ ।
मुम्बई क्राइम ब्रान्चका अनुसार लकडाउनका दौरान कुन्द्राको व्यापार राम्रै चलिरहेको थियो । उनले एक दिनमा ६ देखि ८ लाख भारुसम्मको व्यापार गर्ने गरेका थिए ।