कञ्चनपुरमा लोपोन्मुख जातको अजिङ्गर फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१५ तल्लो गोबरियामा ८ फिट लामो अजिङ्गर फेला परेको हो।
स्थानीय हरिप्रसाद भट्टको खरायोको खोरभिर उक्त अजिङ्गर परेको बताइएको छ। अजिङ्गरले खोरमा रहेका ३ वटा ठुला खरायो र बाँकी ७ वटा साना खरायोलाई खाएको भट्टले केटिएम दैनिकसँग बताए ।
फेला परेको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने उनले बताए।