कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा न ४ रामशिखरझाला का ४३ वर्षीय धन बहादुर रतोकि आफ्नै भाइको भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृतक रतोकी आफ्नै सहोदर भाइको भैँसी बाँध्ने गोठमा मृत फेला परेका हुन ।
उनका अनुसार घटना बुधबार राति घटेको भए पनि बिहिवार बिहान मात्रै जानकारी पाएको बताए ।
उनले भने , ‘भैँसि बाँध्ने गोठमा भएको हिलो सहितको आहालमा मृत भेटिएका थिए, शव पोस्टमार्टमको लागि धनगढी पठाइएको छ ,पोस्टमार्टम रिपोर्ट पछि मात्रै यस बारेमा जानकारी हुने छ ।’