सर्वोच्च अदालतको फैसलाबाट अपदस्त प्रधानमन्त्री केपि ओली बुधबार प्रधानमन्त्री पदको साथै सरकारी निवास बालुवाटार छोडेर आफ्नो निवास बालकोट फर्किदाको भिडले गर्दा बालकोटमा कोरोना फैलिनेमा स्थानीयवासीमा त्रास देखिएको छ |
कोरोनाको तेश्रो भेरिएन्ट’डेल्टा’ समेत देखिएको अवस्था र कोरोनाकै कारण ९ हजार भन्दा बढीले अकालमा ज्यान गुमाउनु परेको अवस्थामा “सरुवा तथा संक्रामक रोग ऐन”को वेवास्ता गरि भौतिक दुरी कायम नगरी र कतिले मास्क समेत नलगाई बालकोट चोकमा जम्मा भएको कार्यकर्ताको भिडले स्थानियवासी त्रसित देखिएका हुन् ।
यस्तो अवस्थामा बालकोट चोक र आसपासका क्षेत्रका वासिन्दालाई कोरोनाबाट सुरक्षित राख्न तत्कालै”आकस्मिक पीसीआर टेस्ट”को व्यवस्था गर्न सूर्यविनायक नगरपालिका-२, बालकोटलाई दवाव परेको छ ।