काठमाडौंबाट झण्डै एक महिनाअघि बेपत्ता भएकी महिला अहिलेसम्म पनि सम्पर्कमा आएकी छैनन् । प्रतिमा सुनार नाम गरेकी २२ वर्षीया विवाहित महिला यही असार ३ गते बेलुका ५ बजे काठमाडौंको गणेशस्थानबाट बेपत्ता भएकी हुन् ।
केटिएम दैनिकको सम्पर्कमा आएकी प्रतिमाकी बहिनी लक्ष्मी सुनारले दिएको जानकारीअनुसार श्रीमानसँग सानो कुरामा झगडा भएपछि घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा आउन सकेकी छैनन् ।
५ वर्षअगाडी विवाह गरेकी ती महिला काठमाडौंमा दैनिक ज्याला मजदुर गर्ने गरेकी थिइन् । बेपत्ता भएकी महिलाको श्रीमानसँग भने सम्पर्क हुन सकेन ।
माइतिपक्षले प्रहरीमा खोजिदिन निवेदन दिएपनि अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन । परिवारले माथि तस्विरमा देखिएकी महिलालाई कहिँ कतै देखेको खण्डमा मोबाइल नम्बर ९८२३१४४९२० मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।