विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा जन्मिनेबितिकै छोरीको हत्या गरेको आरोपमा एकै परिवारका चार जना पक्राउ परेका छन् ।
रङ्गेली–५ आँपगाछीमा शिशु हत्या आरोपमा प्रहरीले शिशुका आमा, बुबा हजुरआमा र हजुरबुबालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शिशुका हजुरबुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल र उनका श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।
आँपगाछी टोल बस्दै आएका अरुण मण्डलकी पत्नी २५ की खुस्बु मण्डलले सोमबार राति ८ बजे छोरी जन्माएकी थिइन् । यसअघि उनका तीन जना छोरी छन् । उनले घरमै छोरी जन्मिएको केही समयपछि आफैँ ब्ल्यान्केटले बेरिन् । घरमा विवाद भएपछि बेरेकै ब्ल्यान्केटले थिचेर हत्या गरिन् ।
हत्यापछि करिब पाँच सय मिटर टाढा आमा–बुवाले सञ्चालन गर्दै मदिरा पसल ल्याइन् । हत्यापछि चारै जनाले मिलेर पसल भित्रै खाल्डो खनेर शिशुको शवलाई गाडे ।
शिशुको हत्या आरोपमा इलाका प्रहरी कार्यालय रङ्गेलीले चारै जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।
उनका अनुसार पक्राउ परेका चारै जनामाथि कर्तब्य ज्यान कसूरमा मोरङ जिल्ला अदालतबाट दिन–५ म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ ।