दोस्रो चरणको आन्दोलनमा रहेका पाँच विद्यार्थी संगठनहरुले आज माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) का विद्यार्थीहरूले दोस्रो चरणको सरकार विरोधी आन्दोलन स्वरूप आज शंख फुकेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले असार २४ गते देशव्यापी सिट्ठी जुलुस निकालेका थिए ।
पाँच विद्यार्थी संघ संठनहरुले लामो समयदेखि सरकार विरोधी कार्यक्रम गरिरहेका छन् ।
हेरौँ तस्बिरहरू