सफल व्यबसायिक युवाहरुको समुहले सुरु गरेको नेपालकै ठुलो ओ टु ओ कर्मस रिटेल चेन साथीमार्टले कम्पनीका फ्रान्चाइज पार्टनर तथा आन्तरिक लगानीकर्ताहरुलाई आन्तरिक संस्थापक सेयर लिन प्रोत्साहन गरेको छ ।
छोटो समयमै पुर्व मेचीदेखि पश्चिम दार्चुलासम्म सेवा बिस्तार गरेको कम्पनीमा फ्रान्चाइजका लगानीकर्तालाई अवसर दिन साथै सेवालाई अझ प्रभावकारी बनाउन संस्थापक सेयर प्रदान गरिएको साथीमार्ट इनकर्पोरेट प्रा.लि.का संस्थापक सिइओ सागर पोखरेलले बताए ।
साथीमार्टको धनगढी फ्रेन्चाइजका दिपक थापा, रंगेली फ्रेन्चाइजका बिमल दास, इटहरी फ्रेन्चाइजका सरोज बराल, धरान फ्रेन्चाइजका पंकज शाह, धनकुटा फ्रेन्चाइजका रञ्जित ढकाल, दुहावी फ्रेन्चाइजका रोहित अग्रवाल, लमजुङ फ्रेन्चाइजका मदन श्रेष्ठ, बिराटनगर फ्रेन्चाइजका सरिता के. चौधरी र बिर्तामोड फ्रेन्चाइजका दिपक चौहान, अर्घखाचीका अरुण श्रेष्ठ लगायत ७० प्रतिशत फ्रान्चाइजले संस्थापक सेयर लिएको पोखरेलले बताए ।
कम्पनीको ब्यवसायिक मोडल मन पराउदै उहाँहरु फ्रान्चाइज पार्टनर सहित प्रमोटर समेत बन्नुभएको हो । पोखरेल थपछन ‘फ्रान्चाइज पार्टनरहरुलाई संस्थापक सेयर प्रोत्साहन गर्ने हाम्रो योजना हो । पब्लिक कम्पनी बनाई आइपिओमा जाने योजना रहेको कम्पनीको संस्थापक सेयरमा स्वदेशी स्र्टाअपलाई माया गर्ने ब्यक्तिहरुलाई समेत आबेदन दिन सक्नेछन ।’
‘हाम्रो अभियानमा साथ दिदै धेरै जना कम्पनीको आन्तरिक संस्थापक सेयर सदस्यमा आउनुभएको छ’, पोखरेलले भने, ‘यहाँहरुको साथ तथा आगमनले हाम्रो यस अभियानमा थप ऊर्जा मिलेको छ र कम्पनीलाई अद्मै उचाइमा पुर्याउन मद्दत पुग्ने भन्ने बिश्वास राखेका छौं ।’
सेवा बिस्तारसंगै कम्पनी नेपालकै ठुलो रिटेल चेन बन्न सफल भएको छ । कम्पनीले देशका बिभिन्न शहरमा सेवा बिस्तार गरिरहेको छ । स्वदेशी उत्पादनलाई बिश्वबजारमा चिनाउने र एफिलियट योजना मार्फत देशमा बसी केही गर्छु भन्ने लाखौं युवाहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित साथीमार्ट काम गरिरहेको पोखरेलले बताए ।
देशभर मार्ट संचालनमा ल्याएको साथीमार्टको काठमाण्डौं उपत्यका र बिर्तामोडमा अनलाइन शपिङ सेवा उपलब्ध छ । साथीमार्टको आधिकारिक वेबसाइट (saathimart.com) मा आफुलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ । कम्पनीले हाल वेबसाइटको ‘बेटा भर्जन ’ सार्वजनिक गरेको छ र यो सेवा छिटै नेपालै भरी उपलब्ध हुने छ ।