धनगढीमा एक सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । मोहना –अत्तरिया ६ लेन सडक अन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले केटिएम दैनिकलाई बताए ।