कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं.८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ । ६ बजे टीकापुर नगरपालिका ४ बागमारास्थित जमरा कुलाको किनारमा फेला परेको शव हराएका बालकको रहेको प्रहरीले पुष्टि गरेको छ ।
स्थानीय दिलीप विस्टका करिब ३ वर्षका छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । उनको केहीबेरअघि शव भेटिएको हो । पानीमा डुबेको अवस्थामा शव फेला परको छ ।
उनले कानमा लगाएको सुन भेटिए पनि चाँदीको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । घटनको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टीकापुर लागेका छन् ।