सशस्त्र प्रहरीका दुई बरिष्ठ उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा हुने भएका छन् ।
गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त रहेको दुई डीआईजी पदमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको सशस्त्र प्रहरीको बढुवा समिति र गृहको संयुक्त बैठकले एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ ।