प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध विपक्षी गठबन्धन आबद्ध विद्यार्थी संघ संगठनहरुले प्रदर्शन गर्ने कार्यलाई आज पनि निरन्तरता दिएका छन् ।
यसैक्रममा आज चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पसमा स्वबियु सभापति मनोज बैधको नेतृत्वमा नेबि संघका विद्यार्थीहरूले पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन गरेका छन् । आज देशका अन्य स्थानहरूमा पनि प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको छ । विभिन्न क्याम्पसहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघका महामन्त्री दीपक भट्टराईले केटिएम दैनिकलाई बताए ।
आजै साझ कोटेश्वर बहुमुखी क्याम्पसमा नेबि संघले र नेपाल कमर्श क्याम्पसमा संयुक्त बिद्यार्थीहरुले मसाल जुलुस सहित पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेबि संघले जनाएको छ ।
तस्बिरहरू