मिनभवनमा ५ विद्यार्थी संगठनले मसाल जुलुस निकालेका छन् । नेपाल कमर्स क्याम्पस अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै उनीहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेपछि बनेको विपक्षी ५ दल सम्बद्ध गठबन्धनले निरन्तर सरकारविरुद्ध खबरदारी गर्दै आएका छन् ।
देशैभरका क्याम्पसहरू मा सरकार विरोधी प्रदर्शन गर्ने क्रममा आज विपक्षी दल आबद्ध ५ विद्यार्थी संघठनहरुले नेपाल कमर्स क्याम्पस मिनभवन अघि प्रधानमन्त्रीको पुत्ला दहन गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
आजै नेविसंघले शंकरदेव क्याम्पस अगाडि गरेको प्रदर्शनमा ८ जना पक्राउ परेका थिए ।
तस्बिरहरू