विपक्षी दल आबद्ध विद्यार्थी संगठनहरुले केपी शर्मा ओली सरकार विरोधी कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउँदै विरोध गर्ने क्रम आज पनि जारी छ । यसै क्रममा आज काठमाडौँको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा नेविसंघ आबद्ध बिद्यार्थीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ जना विद्यार्थीलाई गिरफ्तार गरेको नेबिसंघका महामन्त्री दीपक भट्टराईले केटिएम दैनिकलाई बताए । विरोधकै क्रममा आज साँझ ४ बजे ५ दल आबद्ध विद्यार्थी सङ्घ संगठनहरुले नेपाल कमर्स क्याम्पस अघि मसाल जुलुस सहित विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
तस्बिरहरू