विपक्षी गठबन्धन निकट विद्यार्थी सङ्गठनले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी सङ्गठनले घोषित कार्यक्रमअनुसार आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
सो क्रममा विद्यार्थी र प्रहरीबिच केही बेर घम्साघम्सी समेत भएको थियो ।
हेरौँ तस्बिरहरू