कर्णाली राजमार्गमा सडक भासिएपछि मालवाहक ट्रक नदीमा झरेको छ ।
आज दिउँसो सुर्खेतबाट जुम्ला जाँदै गरेको माल बाहक ट्रक अर्को गाडीलाई साइट दिने क्रममा सडक भासिएपछि नदीमा झरेको हो । ट्रक सुर्खेतबाट तार जाली बोकेर जुम्ला जाँदै गर्दा नाग्म बजारबाट १ किलोमिटर पूर्वको सडकबाट नदीमा झरेको प्रत्यक्षदर्शी कमल बस्नेतले बताए ।
ट्रक नदीमा झरेता पनि चालक सकुशल रहेका छन् ।
सबै तस्विर कमल बस्नेत ।