पाँच विद्यार्थी सङ्गठनले आज काठमाडौँको प्रदर्शनी मार्गमा सरकार विरोधी प्रदर्शन गरेका छन् । उनीहरुले उक्त प्रदर्शनलाई संयुक्त विद्यार्थी आन्दोलनको नाम दिएका छन् ।
विघटित संसद् पुनर्स्थापना गर, प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा देऊ, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका नारासहित पाँच विद्यार्थी सङ्गठन प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनी मार्गमा रत्न राज्य क्याम्पस अगाडी भएको प्रदर्शनमा नेपाल विद्यार्थी सङ्घ, अखिल (कान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) को सहभागिता थियो ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले उपत्यका बाहिर समेत पाँच विद्यार्थी सङ्गठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिने केटिएम दैनिकलाई बताए ।
तस्विरहरु