मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठा का ४२ बर्षीय तिलक राज खड्का रहेका छन् ।
मङ्गलबार रङ्गेली नगरपालिका–७ रङ्गेली बजारमा पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान सभा ९ बजे विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका खड्काको रङ्गेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो ।
टिपर र चालक धनपालथान–६ का ३९ वर्षीयविद्या सागर राय इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका छन् ।