राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलि (मङ्गलबार) देखि सेवा सञ्चालन गर्ने भएका छन्। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।
आइतबार सरकारले मङ्गलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो। सरकारकको उक्त निर्णयसँगै ट्याक्सीमा चालकसहित तीनजना यात्रा गर्न पाउनेछन् भने मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणाली अन्तरगत सञ्चालन हुनेछन् ।
जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोर नम्बरको सवारीसाधन गुडाउन मिल्छ । ट्राफिक महाशाखाले सवारीको पछाडिको अंकको आधारमा जोर–बिजोर निर्धारण गरेको छ । सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर हुन् ।