घरको कौसीले प्रत्येक रात जूनलाई सम्झिन्छ
कौसी रातभर त्यो आकाश हेरिरहन्छ
यो मनले प्रत्येक रात उनलाई सम्झिन्छ
भित्तामा झुन्डाइएको तस्बिर हेरिरहन्छ ।।
********************************************
आकाशमा बादलका टुक्राहरू जोडिँदा
धर्तीमा हाम्रा सम्बन्धहरू जोडिएका थिए
आज आकाशमा बादलका टुक्राहरू ठोक्किँदा
मस्तिष्कमा तिम्रा यादहरू ठोकिएका छन्
आकाशको बादलको सम्झनामा आँसु बगाइरहन्छ
आँखाले तिम्रो सम्झनामा आँसु बगाइरहन्छ।
********************************************
बर्सातमा झम झम पानी पर्दा
तिमी बेस्सरी भिजेकी थियौँ।
जसरी तिमीलाई सम्झिदा मेरो सिरानी
बेस्सरी भिज्ने गर्छ
बर्सातको पानी र मेरो सिरानीको कथा
उस्तै उस्तै रहेछ
बर्सातको पानीले धर्तीमा झर्दा बादललाई सम्झिनछ
मेरो सिरानीले,आँखा बाट आँसु झर्दा तिमीलाई सम्झिन्छ!!!
********************************************
तिमी सम्झन्छौ नि मलाइ तीजको दिन बाटोमा फूल किन्दा
तिम्रा आँखा ले गुलाब लाई मात्रै हेरिरहेका थिए।
मेरा आँखा ले तिमीलाई मात्रै हेरिरहेका थिए।
तीजको दिन अरूको आयु जोड्नेहरू
अल्पायुमै आफ्नो जीवनको यात्रा छोड्दारहेछन
********************************************
धेरै सफल भएको दिन तिम्रो तस्बिरले गदगद हाँसोस् जस्तो लाग्दो रहेछ
धेरै असफल भएको दिन कल कल आँसु बगोस् जस्तो लाग्दो रहेछ।
तस्बिर न त हो के नै बोल्छ र तर सधैँ बोलिरहने।
तिमी जस्तै बोलिराखोस् जस्तो लाग्दो रहेछ।
********************************************
भन्थ्यौँ नि तिमी स्वार्थी छौ
स्वार्थी म मात्रै कहाँ हु र भगवान् पनि स्वार्थी छन्
त्यसैले त तिमीजस्तै राम्रा फूल मात्रै मन पराउँछन्