कञ्चनपुरमा जुवाखालबाट ५ जना पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीबाट स्थानिय विनोद गुप्ताको घरमा जुवातास खेल्ने क्रममा ५ जना पक्राउ परेका हुन्।पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १८ का ६२ वर्षीय को रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय बिनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए। उनीहरुको साथबाट ४६ हजार २ सय ७ रुपैया नगद र १ गड्डी तास नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।