कोरोना सङ्क्रमित बढेपछि जुम्लाको तातोपानी गाउँपालिका र चन्दनाथ गाउँपालिकाको एक एक वटा वडाहरु सिल गरिएको छ ।
विगत केही दिनदेखि समुदायस्तरमा सङ्क्रमण फैलिन गई भयावह स्थिति सृर्जना हुने सक्ने देखिएकाले तातोपानी गाउँपालिकाको वडा नम्बर १ मा रहेको राँका गाउँ र चन्दनाथ नगरपालिका वडा नम्बर ७ मा पर्ने मिचा गाउँ सिल गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सिल भएका वडाहरुबाट अर्को वडामा तथा अर्को गाउँपालिकामा आवाज जावत हिडडुल गर्न रोक लगाइएको बताए । उनले केटिएम दैनिकसँग भने “यस अवधिमा गाउँमा भेला जमघट र अत्याधिक मानिसहरुको उपस्थिति हुने कुनै पनि किसिमको गतिविधि संचालन गर्न रोक लगाइएको छ । त्यस्तै सिल गरिएका वडामा कुनै गाउँपालिका वा नगरपालिकाबाट मानिसहरु प्रवेश गर्न गराउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । ”