कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतबाट निवासतिर फर्किने क्रममा दुई जना चिकित्सकमाथि आक्रमण भएको छ । चिकित्सक डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि हातपात भएको हो।
डा. रिजाल कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख हुन् भने डा. उपाध्याय त्यही कार्यरत चिकित्सक हुन् । बिहीबार अस्पतालबाट निवास फर्किने क्रममा साढे ६ बजे ३ युवाहरुको समूहले उनीहरु चढेको मोटरसाइकल रोकेर हातपात गरेका हुन् ।डाक्टरहरु सामान्य घाइते भएका छन्।
डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए। पक्राउ परेका युवाहरुको विवरण खुलाइएको छैन।