कालिकोट जेठ २४ गते देखि राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पछि अब विद्युत्का कारण असहज बनेका सेवा सहज हुने छन् । अब कालिकोटवासीले मोबाइल चार्जका लागि पालो कुर्ने र बिद्युतकै कारण मोबाइल सेवा लिन टावर खोज्न अग्लो ठाउँ खोज्न दौडिनु नपर्ने अपेक्षा गरिएको छ ।
कालिकोटमा बिद्युत् नभए पनि ग्रामीण बिद्युतिकरणको योजना अनुसार बिद्युत् लाइन तान्ने काम भैरहेकाले प्राय घरमा राष्ट्रिय प्रसारण लाईनको बिद्युत् पुगेको छ । उति बेलै दूरदर्शी योजनाका साथ सदरमुकाम राष्ट्रिय प्रसारण लाइन पुग्ने बित्तिकै सबै गाउँमै पुर्याउन गाउँ गाउँमा पोल गाड्ने गर्ने काम नियमित भइरहेको थियो ।
सदरमुकाममा जोडिएको प्रसारण लाइन यस अघिकै पोदमारा जलविद्युत आयोजनाको लाइन मार्फत घरघरमा पुराइने कालिकोट वितरण केन्द्रले जनाएको छ ।
कालिकोटमा राष्ट्रिय प्रसारण लाइन जोडे पछि कालिकोट बिद्युत् प्रसारण केन्द्र कार्यालयका कर्मचारीहरुले कार्यालयमा दीप प्रज्वलन गरी खुसी व्यक्त गरेका छन् ।