चितवनको देवघाटको सेतिभतेरिमा ट्रयाक्टरले कुल्चिदा १६ वर्षीय बालक घाइते भएका छन् ।
ना ६ त ५८१७ नम्बर को ट्रयाक्टरले देवघाट ५ तनहुँ निवासी १६ वर्षीय सोनम महतो लाई बिचको टायर ले कुल्चिदा घाईते भएका ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज सहि सुशील लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार उक्त बालकको भरतपुर मनकामना अस्पतालमा उपचार भैरहेको छ । चालक फरार रहेकोले चालकको खोजी कार्य जारि रहेको र अनुसन्धान जारी रहेको उनले बताए। उक्त सवारी अहिले ईलाका प्रहरी कार्योलय देवघाट तनहुँको नियन्त्रणमा रहेको लामिछानेले बताए ।