कैलालीमा सशस्त्र प्रहरीले ३ लाख ५८ हजार ९ सय ५० रुपैयाँ मूल्य बराबरको खसीसहित अवैध सामान बरामद गरेको छ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर कैलाली तथा मातहतका बीओपीहरुबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले विभिन्न स्थानबाट सो मूल्य बराबरको खसीसहित अवैध सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको सुर्ती, किरानाका सामान र खसीहरु बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी बुझाएको बताएको छ।