काठमाडौँको गोकर्णेश्वरमा सरकार विरुद्व प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस गोकर्णेश्वर ४ को आयोजना र नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीको नेतृत्वमा मसाल जुलुस सहित बिरोध प्रदर्शन भएको हो ।
प्रदर्शनमा प्रदर्शनकारीले रास्ट्रपति बिध्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली को पुत्ला समेत जलाएका थिए । प्रदर्शनलाई बौद्व प्रहरीले नियन्त्रणमा लिए पनि कोहीपनि प्रदर्शनकारी गिरफ्तार नभएको प्रहरीले बताएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले संबिधान मिच्दै गणतन्त्र मास्न खोजेको क्षेत्रीय कोषाध्यक्ष किरण केसीले आरोप लगाएका छन् । प्रदर्शनमा दर्जनौ काँग्रेस कार्यकर्ता सहभागी थिए ।
हेरौं तस्विरहरु