२०७७ साल वैशाख शुक्ल पक्ष जेठ ८ गते शनिवार मोहिनी एकादशी तिथि उत्तर फाल्गुनी नक्षत्र चन्द्रमा कन्या राशिमा ।
मेष राशि : दाजुभाइ सँगको सम्बन्ध राम्रो हुनुका साथै पराक्रम बढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हात पार्न सकिने छ तथा गरेको काममा सन्तुष्टि मिल्ने देखिन्छ ।
वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पत्ति प्राप्त गर्न सक्ने समय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।
मिथुन राशि : व्यक्तित्वको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मान्छ तपाइ प्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ । घर परिवारमा माङ्गलिक कार्य हुनेछ ।
कर्कट राशि : शत्रु वा अल्छीको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग रिलेटेट काम बन्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ । धन आगमनको नयाँ श्रोत पत्ता लाग्न सक्छ ।
सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमिन वा अचल सम्पत्तिबाट लाभ प्राप्त गर्न सक्नुहुनेछ । घरमा भने सामान्य कलहको वातावरण बन्न सक्नेछ सम्मता अपनाउनु होला । रोजगारमा प्रशंसा प्राप्त हुनेछ ।
कन्या राशि : मनमा नास्यता छाउनुका साथै गरेको काममा वाधा अर्चन देखा पर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समय सम्मता अपनाउनु होला ।
तुला राशि :अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि :दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै संखाकम भएर जानेछ तथा सम्बन्ध राम्रो हुनेछ । चौपाया तथा घर परिवारको सुख सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि :चोटपटकको सम्भावना छ सम्मता अपनाउनुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्बन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराब छ । शत्रुका कारण समस्या देखा पर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण वन्नसक्नेछ अविश्वासको कारणले गर्दा खेरि ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा माङ्गलिक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटी दिएको धन फिर्ता नआउनाले रिनमा वृद्धि हुने देखिन्छ ।
मीन राशि : चौपाया तथा वाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखा पर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्नसक्नेछ सम्मता अपनाउनु होला ।