काठमाडौं जिल्लामा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ ।
जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ ।
वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकामा ३ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका बाहिर कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ ।