ज्योतिष शास्त्रको बारेमा चर्चा गर्दा मानिसको बारेमा भन्दा लग्न र राशिमा ध्यान दिनु पर्दछ भने नववर्षको वारेमा भन्दा त्यस वर्षको राजा, मन्त्री र वर्षारम्भको समयमा गठित ग्रह र वर्ष प्रवेश लग्न लाई समन्वय गरी बताउने हो ।
यो वर्षको संवतसरको नाम परिधावी हो । वर्षारम्भमा ग्रह गठन विधि यस प्रकार रहने छ–राजामा शनि र मन्त्रीको जिम्मेवारी सूर्यले पाएका छन् । यो गत वर्षको विपरित छ । अन्य ग्रहरुले विविध जिम्वेवारी पाएका छन् । आ–आफ्ना जिम्वेवारीमा ग्रहहरु निर्विवाद अघि बढ्ने छन् । जसअनुसार सूर्य र शनिबीचको परस्पर शत्रुभाव रहने र उनीहरुनै राजा र मन्त्री पदमा रहने भएकोले २०७६ साल ग्रहका हिसाबले खासै अनुकूल देखिदैन ।
वर्षारम्भमै गुरु बक्री हुने, गुरुको बक्र अवस्था आसार २९ सम्म रहने र वर्षको राजा शनि पनि २०७६ वैशाख १३ गते बक्र भई भाद्र २९ गतेसम्म बक्र नै रहनेछन् । शनिलाई केतुले ग्रहण योग बनाउने हुँदा नवबर्ष २०७६ साल राम्रो भन्न नसकिने देखिन्छ । बैशाख २५ गते देखि असार ९ गतेसम्म मिथुन राशिमा रहने, मंगल राहु द्वारा ग्रसित हुने र शनि मंगलको परस्पर दृष्टि रहने हुदा यो समय निकै दुखद रहनेछ ।
जेठ ५ गतेबाट शनि ग्रह बक्रि हुदैँ छ । कुनै पनि ग्रह बक्रि हुनु भनेको उथलपुथल नै हुने गर्दछ । शनि न्याय र अन्याय पहिचान गर्ने ग्रह हुने भएकोले यस्ले ठूलै परिवर्तन ल्याउने छ ।
शनि ग्रह मकर राशिमा बक्रि हुदैछ । यो असोज २२ गतेसम्म चल्नेछ । यो लामो समय शनि बक्रि हुने सम्भावना भएकोले १२ ओटा राशिलाई नै प्रभाव पार्दछ । तर यी दुई राशिलाई भने निकै नराम्रो प्रभाव पार्नेछ ।
१) मकर राशि
२) कुम्भ राशि
बाँकी भिडियोमा हेरौं