कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि धनगढीमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।
बिरामी ओसार्नको लागि एम्बुलेन्सको अभाव भएपछि रोयल कोलाबोरेटिभ्स्ले शुक्रवार देखी धनगढीमा अटो एम्बुलेन्स सेवा शुरु गरेको हो । अटो एम्बुलेन्सले एम्बुलेन्स अभावकै कारण बाटोमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा लिइएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम रहेको धनगढीमा यतिबेला कोरोना संक्रमणले भयाभह अवस्था श्रृजना गरेको छ । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्यापनि बढिरहेको छ । कोरोना संक्रमणकै कारण बिरामीको चाप पनि बढ्न थालेपछि अहिले बिरामीहरुले सवारी साधन नपाएर अस्पताल आउन नपाउँदै ज्यान गुमाउनु परेको छ ।
अहिलेको यो बिकराल अवस्थालाई मध्यनजर गर्दै धनगढी उप महानगरपालिकासंगको साझेदारीमा रोयल कोलाबोरेटिभ्स्ले उप महानगरभित्र अटो एम्बुलेन्स सञ्चालन गरेको हो ।
उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयहरुसँग समन्वय गरि बिहीबारबाट १९ वटै वडामा संचालन हुनेगरी अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । शुक्रवार ६ वटा अटो ,एउटा जिप र एउटा एम्बुलेन्सबाट अभियान सुरु गरेको संस्थाले शनिवार थप ४ वटा अटो उपलब्ध गराउने जनाएको छ ।
रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले भने ‘हामी गत बर्षको कोरोना कालमा औषधी घर घरमा पुगाउने देखी सिमा क्षेत्रमा खाना खुवाउने काममा निकै खटिएका थियौँ अहिले एम्बुलेन्स अभावकै कारण धेरैको ज्यान गइरहेको छ, ठुलै एम्बुलेन्स सञ्चालन गर्न नसकेपनि हामीले अटो एम्बुलेन्स शुरु गरेका हौँ ।
तत्काललाई धनगढी क्षेत्रभित्रै सञ्चालन गरिने र बिस्तारै जिल्लाभरी सञ्चालन गर्ने योजना रहेको उनले बताए । हामीले चालकहरुलाई पिपिईको ब्यवस्था गरेका छौँ उनले भने ‘चालकहरु र हामीहरुकोे फोन नम्बर सार्वजनिक गरेका छौँ’ ‘आवश्यक्ता परेकाहरुले सम्पर्क गर्नुहोला ।’
‘कोरोना सङ्क्रमितका बिरामीहरूलाई एम्बुलेन्स पाउनै समस्या भइरहेको छ ।यस्तो समस्या नहोस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ’ रोयल कोल्याबोरेटिभ्स् संस्थापक सदस्य देवेन्द्र जोशीले भने, यसले कोरोना संक्रमितहरुलाई ठुलो राहत हुन सक्छ ।’उनले संक्रमितहरुलाई अटो एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए । ‘सक्नेले केही रकम सहयोग गर्नुहोला नत्र हामीले अटोको पैसा तिरिदिन्छौँ ’उनले भने ।
एम्बुलेन्सको अभावमा संक्रमितलाई अस्पतालसम्म जान आउन कुनै समस्य नहोस् भन्ने उद्देश्यका साय यो योजना सुरु गरिएको हो । अहिलेलाई सामान्य किसिमले अटो एम्बुलेन्स सञ्चालन गरी बिरामीहरुलाई अस्पतालसम्म पु¥याने वातावरण मिलाइएको हो । धनगढी उप महानगरपालिकाका नगरप्रमुख नृप बहादूर वडले बिस्तारै अक्सिजनको पुर्ती भए अक्सिजन सहितको अटो एम्बुलेन्स सञ्चालन हुने बताए ।
हामी बिरामीहरुलाई कसरी बचाउने भन्ने बिषयमा निकै गम्भिर भएका छौँ मेयर वडले भने ‘अक्सिजनका लागी पहल निकै गरिरहेका छौँ के गर्ने अवस्था यस्तै छ सकेसम्म हामी जनता बचाउने कोसिशमा छौँ ।’ जिल्लामा निशेधाज्ञा लागु भएसंगै सवारी साधन समेत नपाइने अवस्था छ । त्यस कारण सवारी साधन अभावमा बिरामीहरु अस्पतालसम्म पनि पुग्न पाइरहेका थिएनन् । रोयल कोलाबोरेटिभ्स्ले सञ्चालन गरेको अटो एम्बुलेन्सले केही राहत पुगेपनि अक्सिजन अभाव भने कायमै छ । त्यस कारण यहाँको भयाभह अवस्थालाई न्युनिकरण गर्न सरकार जिम्मेवार बन्न जरुरी छ ।
यता काठमाडौंका टयाक्सी चालकहरु भने सरकारले अनुमति दिएमा टयाक्सीलाई दोस्रो एम्बुलेन्स बनाउने तयारी गरिरहेका छन् । हेरौं भिडिओ