नेपालमा अन्तराष्ट्रिय हवाई उडान जेठ १७ सम्म बन्द गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना जारी गर्दै नेपालबाट हुने वा नेपाल आउने अन्तराष्ट्रिय उडानहरुलाई मे ३१ (जेठ १७, २०७८) सम्म बन्द गरेको जनाएको छ ।
वैशाख २० गते प्राधिकरणले एक सूचना जारी गर्दै मे १४ (वैशाख ३१) सम्म बन्द गरेको अन्तराष्ट्रिय उडानलाई थप १७ दिनको लागि बन्द गरेको हो ।
अन्तराष्ट्रिय उडान बन्द भएतापनि नेपाल र भारतविच हप्तामा २ वटा उडान भने यथावत हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एयर बवल सुविधाअन्तरगत नेपाल वायुसेवा निगम र एयर इन्डियाको एक-एक उडान प्रत्येक हप्ता हुनेछ ।