काठमाडौंमा अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, महानगरीय अपराध अनुसन्धान महाशाखा र औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले बायोप्लस फर्मा कुलेश्वरका शिखर श्रेष्ठ, ललितपुर कुपण्डोलका थुमराज उपाध्याय, नानोटेक फर्मा थापाथलीका शेषकान्त अधिकारी, चिरायु केडी ग्रुप प्रा.लि.मा काम गर्ने पुष्कर घिमिरे, आहा इन्डस्ट्रियल कम्पनीमा काम गर्ने विशाल आचार्य, बागबजार बस्ने सन्तोष भण्डारी र भारत राजस्थानका जगदीश प्रसाद रानासरियालाई पक्रेको जनाएको छ।
प्रहरीले बायोप्लस फार्मेसी कुलेश्वरबाट ८५ थान, नानोटेक फर्मा थापाथलीबाट २४ थान, चिरायु केडी ग्रुप प्रा.लि.बाट ९ थान अक्सिमिटर बरामद गरेको छ। यस्तै भारतीय नागरिक रानासरियाको साथबाट ३९६, सिन्धुपाल्चोकका सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटर बरामद गरिएको प्रहरीले जनाएको छ।
चिरायुले खरिद गरेर रुपन्देहीको एन के लोजिष्टिकमा पुर्याइएको १६० थान नक्कली अक्सिमिटर समेत गरेर ७६५ थान बरामद गरेको हो।
न्यून गुणस्तरको अक्सिमिटरको बजार मूल्य झण्डै सात सय सय रुपैयाँ पर्ने भए पनि व्यापारीहरूले दुई हजार दुई सय रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै जाँदा बजारमा अक्सिमिटरको माग पनि बढेको छ । अक्सिमिटर शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ ।
पक्राउ परेकाहरुको विवरण
१. जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ ।
२. जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय ।
३. जिल्ला स्याङ्जा पंचमुल गा.पा.-०६ घर भई हाल जि.ललितपुर, ल.म.न.पा. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी ।
४. जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल का.जि. भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे ।
५. जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल का.जि.अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य ।
६. जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी ।
७. भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया ।