काठमाण्डौ । सत्तारुढ नेकपा एमालेको विवाद अब निर्णायक मोडमा पुगेको छ । पछिल्लो एक साताको छलफल र वार्ताबाट ठोस परिणाम निस्कन नसकेपछि आज एमालेको खनाल(नेपाल समूहले बैठक राखेको छ ।
आज बस्ने बैठकले सांसदहरुको संयुक्त राजीनामा बुझाउने निर्णय गर्ने तयारी छ । भोलि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै छन् । संसदमा सहभागी नहुनका लागि आजै राजीनामा बुझाउने उक्त समूहको तयारी छ ।
यसअघि एमालेमा देखिएको विवाद मिलाउनका लागि दोस्रो तहका नेताहरुले विभिन्न चरणमा वार्ताहरु गरेपनि ठोस सहमति हुन सकेको थिएन । नेपाल समूहले जेठ २ मा फर्कनुपर्ने अडान राखेको र ओली त्यसमा तयार नभएपछि वार्ताबाट निकास निस्कन सकेन ।
यससँगै, आज खनाल(नेपाल समूहले आफूसँग रहेका सांसदहरुलाई राजीनामा गराउने तयारी गरेको हो । आजको बैठकले सामूहिक राजीनामा संसद सचिवालयमा बुझाउने निर्णय गर्ने सम्भावना रहेको नेपालनिकट एक नेताले बताए ।
तर, खनाल(नेपाल समूहले कतिजना सांसदहरुले सामूहिक राजीनामा दिँदैछन् भन्ने विषयमा भने खुलाएका छैनन् । उनीहरुले ओलीलाई विश्वासको मत नपुग्नेगरी राजीनामा दिने तयारी गरेका छन् ।