भेरी अस्पताल र मेडिकल कलेजमा थप दश संक्रमितको मृत्यु
कोरोना भाइरसको हटस्पट बनेको बाँकेमा संक्रमणबाट मृत्यु हुनेहरुको संख्या झन् झन् बढ्दै गएको छ । गए रातीदेखि शुक्रबार विहानसम्म मात्रै जिल्लाका भेरी अस्पताल र मेडिकल कलेजमा थप दश जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेहरुमा बाँकेका आठ जना छन् भने बर्दिया र कैलालीका एकएक जना रहेका छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले नेपालगञ्ज १० का ६१ वर्षीय पुरुषको भेरी अस्पतालमा, नेपालगञ्ज ६ का ३४ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा नेपालगञ्ज १८ की ५६ वर्षीया संक्रमित महिलाको पनि भेरीमा मृत्यु भएको बताए ।
यस्तै नेपालगञ्ज ३ का ५२ वर्षीय पुरुषको पनि भेरीमा, नेपालगञ्ज १२ की ६० वर्षीया महिलाको पनि भेरीमा मृत्यु भएको हो ।
सोही प्रकारले नेपालगञ्ज ६ का ५४ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा, कोहलपुर नगरपालिका १० की २७ वर्षीया महिलाको पनि मेडिकल कलेज कोहलपुरमा र बारबर्दिया नगरपालिका ६ बर्दियाका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।