डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।
२२ गते अस्पतालमा भर्ना भएका उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै निधन भएको हो ।
अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरको आबस्यकता परेपछि रिफर गरिएको थियो ।यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
यस अघि बुधबार जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।